विराटनगर । एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ । सभ्य कला समाजको आयोजनामा विराटनगरमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उदघाटन खेलमा सुनसरीको महेन्द्र मेमोरिल बोर्डिङ स्कुल दुहबी विजयी भएको छ । सगरमाथा बोर्डिङ स्कूललाई २– १ गोलले हराउँदै महेन्द्र बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको हो ।

मेहन्द्रकोतर्फबाट तोयाज गौतम र आशिष कुमार शाहले गोल गरि टिमको जित सुनिश्चत गरे । सगरमाथाका कास्बिन मगरले सान्तवना गोल फर्काए । प्रतियोगितमा मोरङ र सुनसरीका २३ वटा विद्यालयको सहभागि रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन प्रदेश १ का आन्तिर मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे । कार्यक्रममा  प्रदेश १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिना जन कार्की, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोललगयातको उपस्थिती रहेको थियो ।

आज  तीन वटा खेल हुनेछ । पहिलो खेल जनक स्कुल झोराहाट र ए वान क्वालिटी  बिच हुनेछ । सोही दिन दोस्रो खेल एभरेष्ट स्कुल र सनसाइन बोर्डिङ स्कुलबिच हुने संयोजक कार्कीले जानकारी दिए । तेस्रो खेल राधाकृष्ण स्कुल र पोखरीया स्कुलबीच हुनेछ ।

khel-brt-w