धरान । धरान बास्केटबल सङ्घको आयोजनामा जारी ट्यालेन्ट हन्टका प्रशिक्षकहरूलाई धरान मेघा कलेजले टिसर्ट प्रदान गरेको छ ।

धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले प्रशिक्षक विकास चाम्लिङ राई, सहयोगी प्रशिक्षकहरू हेमन्त राई, युगन लिम्बू, डा. आशा राई र दिवस राईलाई टिसर्ट प्रदान गरेका हुन् ।

एसईई  दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट गरिँदै आएको छ । असार ५ गतेदेखि जारी क्याम्पमा ५० जना विद्यार्थी सहभागी छन् ।