धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा भइरहेको ट्यालेण्ट हण्टका सहभागी बिद्यार्थी खेलाडिहरुका लागि सियोन स्कुलले टि–सर्ट सहयोग प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सियोन स्कुलका अध्यक्ष खड्क बहादुर मगरले प्रशिक्षण क्यामपका मुख्य प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक  हेमन्त राई , युगल लिम्ब, डा।आशा राई र दिवस राइलाइ सयुक्त रुपमा ट-सर्ट प्रदान गरेका थिए ।

धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ देखि  एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरि बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइरहेको छ । बास्केटबल खेल विकास तथा खेलाडि उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले संघले विगत देखि नै ट्यालेण्ट हण्टको आयोजना गर्दै आएको छ ।

ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान खेलाडिहरुलाइ बास्केटबल संघले  धरानको विभिन्न कलेजहरुमा सिफारिस गरि छात्रावृतीमा अध्यन गर्दै आइरहेको छ । हालसम्म संघले ट्यालेन्ट हन्ट कार्यक्रम  मार्फत धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेवलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरु छात्रावृतीमा अध्ययन गरिरहेका छन ।

सातौ ट्यालेन्ट हन्टका प्रतिभावान विद्यार्थीहारुलाइ पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नार्यान सुबेदिले जानकारी गराए ।

बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउदै यसलाइ थप स्थापित र व्यवसायिक बनाउन धरान मेघा क्लेजले पनि बास्केटबल संघ संग सहकार्य गरि अघि बढेको कलेजका अध्यक्ष कैलाश आङ्देम्बेले बताए । उनले भने, यो कार्यक्रम धरान उपमहानगरको सान बन्न पुगेको बताउँदै यसलाई जोगाउनकै लागी भए पनि मेघा कलेजले निरन्तर सहयोग रहिरहने बताए । 

यसैगरि सियोन स्कुलका अध्यक्ष खड्ग मगरले धरानलाई खेलकुदको शहर बनाउन यो कार्यक्रमले ठुलो सहयोग पुर्याउने बताउँदै सियोन स्कुल यसको लागी विना सर्त सहयोग गर्ने बताए । उनले भने धरान यसै पनि खेलकुदको शहर हो यसलाई विकास गर्न सियोन स्कुलले गर्नुपर्ने भुमिका निर्वाह गर्नेछ । यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले भने यो कार्यक्रमले विद्यार्थीहरुलाई अनुशासित बनाएको छ । 

नेपाल बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा आयोजित टि–सर्ट हस्तान्तरण कार्यक्रममा सियोन स्कुलका अध्यक्ष खड्ग मगर प्रमुख अतिथि र अतिथिको रुपमा  नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई समेतको उपस्थिति रहेको थियो । ट्रेनिङ क्याम्पमा ६ कक्षा देखि ब्याचलर लेबलका महिला पुरुष ५० जना खेलाडी बिद्यार्थीहरुले सहभागिता जनएका छन ।