पाँचथर । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति पाँचथरले स्थानीयतहको निर्वाचनमा बिजेता र उपबिजेता हुने जनप्रतिधिहरुलाई सम्मान गरेको छ ।

कुम्मायक गाउँपालिकामा आयोजित बधाई तथा सम्मान कार्यक्रम मार्फत पाटीको तर्फबाट उम्मेद्वार भई विजेता र उपविजेताहरुलाई सम्मान गरेको हो ।

क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ख को आयोजनामा सम्पन्न भएको कार्यक्रममा फिदिम नगरपालिका, कुम्मायक गाउँपालिका, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका गरी पाँच स्थानीयतहका विजेता र उपविजेताहरुलाई मायाँको चिनो, खादा सहित सम्मान गरिएको पाटीको क्षेत्रीय सभापती मैयाँ श्रेष्ठ लावतीले बताइन् । सोही कार्यक्रममा पाटीका पाँच जना सदस्यलाई क्षेत्रिय कार्यसमितिमा मनोनयन गरिएको छ ।

कार्यक्रममा पाटीका जिल्ला सभापती रुपनारायण जबेगु, प्रदेश १ कार्यसमिति सदस्य नन्द नेम्वाङ, देबित्रा आङदेम्बे लगायतका बक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्र्यकालको सुभकामना र पराजित भएका पाटीका प्रतिनिधिहरुलाई निराश नभई निरन्तर पाटीको काममा खटिन आग्रह गरेका थिए ।

कार्यक्रममा फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्ला समन्वय समिति सम्योजक रामराज आङदेम्बे, फाल्गुनन्द अध्यक्ष बृजहाङ आङदेम्बे, कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावती लगायतका जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल जनताको सेवामा खर्चिने बताएका थिए ।

panchthar-ss