धनकुटा । धनकुटामा शनिबारदेखि सुरु भएको अन्तरपालिकास्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगीतामा धनकुटा, चौबिसे र सहिदभूमि गाउँपालिकाको फुटबल टिम सेमिफाइनलमा पुगेको छ ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा सहिदभूमि गाउँपालिकाले साँगुरीगढी गाउँपालिकाको फुटबल टिमलाई १–० गोलले पराजित गरेको छ ।

दोस्रो खेलमा चौबिसे गाउँपालिकाले पाख्रीवास नगरपालिकालाई १–० गोलले हराएको छ । शनिबारको उद्घाटन खेलमा धनकुटा नगरपालिकाको फुटबल टिमले महालक्ष्मी नगरपालिका फुटबल टिमलाई ८–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको हो ।

सोमबार (आज) पहिलो सेमिफाइनल खेल धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाबीच हुने जनाइएको छ भने दोस्रो खेल चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकाको फुटबल टिमबीच हुने आयोजकले जनाएको छ ।

dkt-khel1