विराटनगर  ।  प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु कार्यक्रम’ मा सरकारले प्रहरीले डामेर छोडेका व्यक्तिहरूलाई नियुक्ति गरेर रमिता देखाएको बताएका छन् । प्रदेश सभा बैठकमा जारी नीति तथा छलफल कार्यक्रम माथिको छलफल कार्यक्रममा शुक्रबार बोल्दै पूर्व मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । 

विद्यार्थी लक्षित म अघि बढ्छु कार्यक्रम बन्द गरेकोमा पनि उनले सरकारको आलोचना गरे । ‘प्रहरीले डामेर छोडेका व्यक्तिहरूलाई नियुक्त गरेर रमिता देखाएको किन रु’

गएको भदौ पहिलो साता मुख्यमन्त्री पदबाट राजीनामा दिएयता पहिलो पटक प्रदेशसभा बैठकलाई सम्बोधन गरेका एमाले नेता राईले वर्तमान सरकारप्रति आक्रोश मात्रै प्रकट गरेनन्, कमिसन तन्त्रमा फसेको, कर्मचारीबाट असुली गरेको, भूमाफियाहरुसँग सरकार मिलेको आरोपसमेत लगाएका छन् । 

आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले नीति तथा कार्यक्रम रनभुल्लमा आएको दाबीसमेत गरेका छन् । ‘यो सरकार मिलेर खान मात्रै बनेको  हो भन्ने जगजाहेर छ’ भन्दै मन्तव्य सुरु गरेका राईले भने ‘यो सरकार  आफै रनभुल्लमा छ । म कहिले आएँ, कहिले सम्मका लागि आएँ भन्ने पनि टुङ्गो छैन। मलाई ताजुब लाग्यो ।’

नीति कार्यक्रमले प्राथमिकता भुलेको बताउँदै उनले थपे ‘कति बेला झोली तुम्बी बोकेर हिँड्नु पर्ने भएर हो कि कुनै धन्दामा दिल दिमाग  भएर हो  पूर्ववर्ती सरकारले गरेको सबै काम मैले गरेको भनेको ? कुन निन्द्रामा सुतेको थियो यो सरकार रु अलिकति असहज लाग्दैन ?’

उनले सरकारलाई सोधे ‘तपाईँ सरकारमा आएपछि कहाँ– कहाँ प्रदेश संरचनाको जग हाल्नुभयो ? कुन ऐन बनाउनुभयो रु कुन पूर्वाधार विकासको काम गर्नुभयो ? तपाईँ आएपछि के गर्नुभयो ? पहिलेका सरकारले गरेको काम घिन लाज नमानी मैले गरेको भनेर हुन्छ रु अफठयारो हुन्न ?’

उनले अहिलेको सरकारले सङ्घीयताको जग भत्काउन खोजेको आरोप लगाए । ‘हाम्रो सरकाले जिल्लाहरूमा स्थापना गरेको कार्यालयहरू किन हटाएको ? हामीले हालेको जग भत्काउने,  इँटा खोल्ने काम अहिलेको सरकारले गर्ने ? प्रदेश सरकारकै  हुर्मत लिने काम कति गर्न सकेको ?’ 

उनले सरकारले कर्मचारीहरूबाट पैसा असुली गरेर, धम्क्याएर सरुवाको आतङ्क मच्चाएको आरोप पनि उनले लगाएका छन् ।