भोजपुर । भोजपुरको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन दलको बहुमत रहेको छ । दुई नगरपालिका सहित सात गाउँपालिका रहेको भोजपुरमा गठबन्धन दलको बहुमत रहेका हो । समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न व्यवस्था रहेको छ ।

जिल्लामा गठबन्धन दल काँग्रेसको ६ र माओवादीको ५ गरी ११ जना पालिका प्रमुख र उपप्रमुख रहेका छन् । काँग्रेसको तिन÷तिन जना पालिका प्रमुख र उपप्रमुख रहेको नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बान्तावाले बताए ।

माओवादीको दुई जना पालिका प्रमुख र तिन जना पालिका उपप्रमुख रहेका छन् । यता नेकपा एमालेको ६ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेको तिन/तिन जना पालिका प्रमुख र उपप्रमुख रहेको नेकपा एमालेका भोजपुर जिल्ला अध्यक्ष शरण राईले बताए । एक जना भने स्वतन्त्रबाट निर्वाचित पालिका प्रमुख रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको ।

समन्वय प्रमुखका लागि गठबन्धन दलको तर्फबाट काँग्रेसका कमल थुलुङ राई र एमालेका बिष्णु कुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्बर– ३ र थुलुङ भोजपुर नगरपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

उपप्रमुखमा एमालेबाट चन्द्रकला राई र गठबन्धनबाट माओवादीकी अनिशा खडका बिच प्रतिस्पर्धा हुने भएको छ । समन्वय सदस्यमा गठबन्धनबाट काँग्रेसका विनोद मगर र दीर्घ कुमारी कार्की , माओवादीका गोमादेबी राई र लादिकी शेर्पा , नेकपा एकीकृत समाजवादीकी राधिका तामाङ र चन्द्रकला राई र जनता समाजवादीका जीवन राईको उमेद्वारी परेको छ ।

यता नेकपा एमालेको तर्फबाट समन्वय सदस्यमा साबित्री देवी फुयल , सत्यकला राई , गीता दर्जी , चुडामणी राई ,गणेश बहादुर खत्री , छत्र बहादुर तामाङ र गणेश प्रसाद गौतमले उमेरदारी दिएका छन् । जिल्ला समन्वय समितिको निर्वाचन जेठ २८ गते हुने मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताए ।