भोजपुर । भोजपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दल र नेकपा एमालेले उमेरवारी मनोनयन दर्ता गरेका छन ।

जेठ २८ गते हुने निर्वाचनका लागि गठबन्धन दल र एमालेले बुधबार मनोनयन दर्ता गरेका हुन । उनिहरुले मुख्य निर्वाचन कार्यालयमा उमेरदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताए ।

समन्वय प्रमुखमा गठबन्धन दलको तर्फबाट काग्रेसका कमल थुलुङ राई र एमालेका बिष्णु कुमार राई बिच प्रतिस्पर्धा हुने भएको हो । प्रमुखका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर– ३ बाट निर्वाचित वडा सदस्य हुन् भने थुलुङ भोजपुर नगरपापिलका वडा नम्वर– ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । 

गठबन्धन दलको तर्फबाट समन्वय उपप्रमुखमा नेकपा माओबादी केन्द्रकी अनिशा खडकाको उमेरदवारी परेको छ । सदस्यहरुमा नेपाली काग्रेसबाट बिनोद मगर र दिर्घ कुमारी कार्कीले उमेरदवारी दिएका छन ।

माओबादीबाट गोमादेबी राई र लादिकी शेर्पाले मनोनयन दर्ता गरेका छन । यस्तै नेकपा एकिकृत समाजवादीबाट राधिका तामाङ र चन्द्रकला राईको उमेरदवारी रहेको छ । गठबन्धन दलबाट जनता समाजवादीका जीवन राईले उमेरदवारी छ ।

यता नेकपा एमालेको तर्फबाट समन्वय उपप्रमुखमा चन्द्रकला राईले उमेरदवारी दिएका छन । सदस्यहरुमा भने साबित्री देवी फुयल , सत्यकला राई , गाीता दर्जी , चुडामणी राई ,गणेश बहादुर खत्री , छत्र बहादुर तामाङ र गणेश प्रशाद गौतमले उमेरदवारी दिएका हुन ।

दुई नगरपालिका सहित सात गाउपालिका रहेको भोजपुरमा गठबन्धन दलको बहुमत रहेको छ । समन्वय समितीको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न ब्यावस्था रहेको छ ।

जिल्लामा गठबन्धन दलको काग्रेसको ६ र माओबादीको ५ गरि ११ जना पालिका प्रमुख र उपप्रमुख रहेका छन । नेकपा एमालेको ७ जना पालिका प्रमुख र उपप्रमुख छन । एक जना भने स्वतन्त्रबाट निर्वाचित पालिका प्रमुख रहेका जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको ।