विराटनगर । कृषि र स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभा बैठकमा बुधबार परशुराम खापुङ्गद्धार प्रस्तुत नीति तथा कार्यक्रममा कृषि र स्वास्थ्यलाई जोड दिइएको छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवद्धिृ गरी आयात प्रतिस्थापन गर्ने, प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने नीति तथा कार्यक्रममा उल्लेखछ ।
‘पशपुन्छी तथा माछामा नश्ल सधुार, दूध तथा माछा मास उत्पादन वद्धिको आधार’ भन्ने नाराका साथ पशपुन्छी तथा माछाको नश्ल सधुार गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिने, स्थानीय तहसम्म पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक समन्वय गरिने भएको छ ।
संघ, प्रदेश र स्थानीय तहको समन्वय एवम सहकार्यमा पशपुन्छीमा लाग्ने गम्भीर प्रकृतिका रोग तथा महामारी नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने र प्रदेशलाई खोरेत रोग मक्त बनाउन अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेखछ ।

































