पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेको ४ जना र नेपाली कांग्रेसले २ जनाको उम्मेद्वारी दर्ता गराएका छन् । 

शनिबार भएको उम्मेद्वारी दर्तामा एमालेको तर्फबाट गाउँ कार्यपालिका महिला सदस्य वडा नं. ७ बाट पदम कुमारी कार्की, वडा नं. ५ बाट प्रमिला परियार, वडा नं. ६ बाट सुशिला श्रेष्ठ र वडा नं. ४ बाट साउनी माझीको उम्मेदवारी परेको छ ।

गाउँ कार्यपालिका महिला सदस्य पदमा एमालेले मात्र उम्मेद्वारी दिएपछि उनिहरु निर्विरोध निर्वाचित हुने भएका छन् । पदम कुमारी गुरुङ, सुशिला श्रेष्ठ र साउनी माझी गाउँ कार्यपालिका महिला सदस्यमा दोहोरिएका छन् भने प्रमिला परियार नयाँ हुन । 

चार जना महिला र तीन जना दलित, अल्पसंख्यकको लागि उम्मेद्वारी परेको हो । त्यसैगरी दलित वा अल्पसंख्यक तर्फ एमालेबाट वडा नंं. २ बाट झ्पटु लाल राजवंशी र वडा नं. १ बाट सुफल मुर्मूले उम्मेद्वारी दिएको छ । त्यसैगरी नेपाली कांग्रेसबाट दलित वा अल्पसंख्यक तर्फ वडा नं. ५ बाट भिमबहादुर धिमाल र वडा नं. ४ का सुकदेव राजवंशीले उम्मेद्वारी परेको छ । 

वैशाख ३० गतेको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत प्राप्त गरेको छ । वडा नं. ७, ६, ५, ३ र २ प्यानल सहित जितेको छन् भने एमालेले वडा नं. ४ मा ३ जना सदस्य र वडा नं. १ मा २ जना सदस्य जितेको छ । 

एमालेले गाउँसभा सदस्यमा ३२ जना सहित बहुमत प्राप्त गरेको छ भने कांग्रेसले ५ जनामा मात्र समित भएका छन् ।