भोजपुर । भोजपुरको टेम्के मैयुङ गाउपालिका स्थित अन्नपुर्ण स्वास्थ्य चौकीमा २ दिने आखा शिविर शुरु भएको छ । शिविर टेम्के मैयुङ गाउपालिकाको व्यावस्थापन तथा नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा विहिबार देखि शुरु भएको हो । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा शुरु भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट आखामा मासु पलाएको र मोति बिन्दुको निःशुल्क शल्यक्रिया भैरहेको नेपाल नेत्र ज्योति संघ भोजपुरका संस्थापक अध्यक्ष तेज मोक्तानले बताए । यस अघि विभिन्न वडामा आखा जाच तथा मोति बिन्दु छनौट शिविर आयोजना गरिएको छ । 

छनौट शिविर पाचधारे , कोट , गोगने , खावा , तिम्मा , छिनामखु लगाएत स्वास्थ्य चौकीमा गरिएको हो । शिविरमा शल्यक्रिया गर्नु पर्ने १ सय जना आखाका बिरामी छनौट भएको नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताए । छनौट भएका मध्य विहिबार ३० जना आखाको रोगीको मोति बिन्दुको शल्यक्रिया गरिएको छ ।

यस्तै जेठ १५ र १६ गते भोजपुर नगरपालिका १२ पुरानो डबलीमा पनि आखा शिविर हुने प्रमुख तामाङले जानकी दिए । शिविरमा मोति बिन्दुको निशुल्क शल्यक्रिया , आखा सम्बन्धी सम्पुर्ण रोगको जाच तथा उपचार , निशुल्क औषधी वितरण लगाएत सेवा दिईने आयोजकले जनाएको छ ।