पथरी। मोरङको कानेपोखरी वडा नंं.–१ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका रत्नबहादुर कार्की विजयी भएका छन् भने दुई सदस्य पदमा नेकपा(एमाले)बाट विजयी वनेका छन् । 

अध्यक्ष कार्कीले ११०८ मत ल्याई विजयी बनेका हुन । कार्कीका प्रतिद्धन्दी नेकपा एमालेका तोर्ण बहादुर कार्कीले ८५२ मत ल्याएका थिए । अध्यक्षमा माओवादी केन्द्रले ४३७ र राप्रपाले ३१ मत ल्याएका थिए । नेपाली कांग्रेसका विजयी उम्मेद्वार विमला बुढाथोकीले ९०४ र दिपेश कुमार थापाले ८७९ मत ल्याएर विजयी बनेका छन् । त्यसैगरी एमालेका दलित सदस्य तुलसा देवी नेपालीले ९०० र रामजी भण्डारीले ९४३ मत ल्याई विजयी बनेका छन् । 

१ नम्बर वडाबाट गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेद्वार राजमती इङ्नामले ९६२ मत ल्याएका थिए । कांग्रेसका अध्यक्ष सन्जय भट्राईले ८४९ मत ल्याएका थिए भने माओवादीका अध्यक्ष सूर्य धिमालले ४६६ मत पाएका थिए । त्यसैगरी उपाध्यक्ष पदमा एमालेको भोला अधिकारीले ९८३ मत, नेपाली कांग्रेसका मनकुमारी गुरुङले ८७२ मत र माओवादीका तारा ओझाले ४३२ मत पाएका छन् ।