भद्रपुर । झापा गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षसहित नेपाली काँङ्ग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

नेकपा एमालेका माधव पोखरेललाई १८४ मतान्तरले पराजित गर्दै काँङ्ग्रेसका राजकुमार यादव निर्वाचित भएका हुन् । यादव दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बनेका हुन् । यादवले ८१७ र पोखरेलले ६३३ मत ल्याएका छन् ।  त्यस्तै काँङ्ग्रेसबाट खुल्ला सदस्यमा रुपलाल गणेश ७६३, राम लिम्बू ८९२, महिला सदस्यमा अस्मेरु खातुन ८४६ र दलित महिला सदस्यमा हरिमाया विक ६६८ मत ल्याएर निर्वाचित भएका छन् ।