धनकुटा । पाख्रीवास नगरपालिकाको वडा नं.१ मा गठवन्धनका उम्मेदवार भोगेन्द्र पाण्डे सहित प्यानलै विजयी भएका छन । पाण्डेले गठवन्धनको तर्फबाट ४ सय २३ मत ल्याएर विजयी भए भने उनको निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा वहादुर थापाले २ सय ८६ मत ल्याएका थिए । 

त्यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका वडा २ र ३ मा अध्यक्ष सहित एमालेको प्यानलै बिजयी भएका छन् । अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७ सय ७० मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५ सय ९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७ सय ८३ मत ल्याएर बिजयी भएका छन भने निकटतम प्रतिद्वन्दी नेकाका टीका मगरले ५ सय ३९ मत प्राप्त गरेका छन । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७ सय ८३ मत ल्याएर बिजयी भएका छन भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्र्कीले ५ सय ७१ मत प्राप्त गरेका छन ।

खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामाङ र रेवतराज गुर्बछाने बिजयी भएका छन । त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन । राईले ५ सय ७४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५ सय ६४ मत प्राप्त गरेका छन ।

महिला सदस्य तर्फ एमालेका यशोदा तामाङले ५ सय ७० मत ल्याएर बिजयी भएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धनमाया राईले ५ सय ५१ मत प्राप्त गरेका छन । 

दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५ सय ५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्र्जीले ५ सय ४५ मत ल्याएका छन । त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।