लौकही । कोसी गाउँपालीका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल प्यानलसहित विजयी भएको छ । कोसी १ मा जसपा नेपालको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार सोभितनारायण यादव प्यानलसहित निर्वाचित भएका छन् । 

खसेको जम्मा २३ सय ५० मध्ये ८७५ मत ल्याएर उनी निर्वाचित भएका हुन । उनको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार निर्मलकुमार मण्डल ७०९ मत ल्याएर दोस्रो भए ।