विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत १२ जना वडा अध्यक्ष सहित ६० जना निर्वाचित भएका छन ।

विजयी हुनेहरूमा कांग्रेसले सात, एमालेले पाँच र नेकपा माओवादी केन्द्रले एक स्थानमा जित हासिल गरेका छन् ।

कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, ग्रामथान गाउँपालिका वडा नम्बर १ वीरेन्द्र चौधरी, मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्वत राई, मिक्लाजुङ २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी नगरपालिका वडा नम्बर १ मा वीरबहादुर राई र सुनवर्षी नगरपालिका वडा नम्बर २ मा विनोकुमार राजवंशी विजयी भएका छन् ।

अहिलेसम्म मोरङमा एमालेकाले पाँच जना वडाअध्यक्ष विजयी भएका छन् । कटहरी गाउँपालिको वडा नम्बर १ मा हरिनायारण राजवंशी, केराबारी गाउँपालिका १ मा शरण थापा, कानेपोखरी गाउँपालिका ७ मा मोहन प्रसाद अधिकारी, ग्रामथान गाउँपालिका वडा नम्बर १ मा वीरेन्द्र चौधरी र लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णु मगर विजयी भएका छन् ।

धनपालथान गाउँपालिका वडा नम्बर १ मा खाजाहुसेन मियाँ विजयी भएका छन् । उनि माओवादी केन्द्रका हुन । निर्वाचित भएका ४८ जना भने वडा सदस्य पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।