भोक्राहा । भोक्राहा नरसिंह गाउँपालिका-१ मा राप्रपाको प्यानल सहित विजय भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता विजय भएका छन् ।

उनी सहित प्यानलै निर्वाचित भएका छन् । १ हजार ९० मत ल्याएर मेहता वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिए ।

उक्त वडामा ३ हजार २ सय २८ मतदाता मध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याए।सदस्यहरूमा राप्रपाकै , अकुल महतो ७२९, अमजाद मिँया६१५, सरिता उराँव ८२५र दलित महिला सदस्यमा आरति देवी शर्मा ८४६ मत ल्याइ निर्वाचित भएका छन् ।