काठमाडौं । हालसम्म देशभरका १२ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सर्वाधिक एमालेले ६, कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले एक पालिकाको प्रमुखमा जित निकालेका छन्।

एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको लो– घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङको बागागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्व जितेको छ।

त्यस्तै, नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका र मनाङको नासोँमा गाउँपालिकाको नेतृत्व जितेको छ।

त्यस्तै, एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाकै छार्का साङतोङ गाउँपालिकाको नेतृत्व जितेको छ। उसैले दुवै पालिकाको नेतृत्व निर्विरोध जितेको हो।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाको नेतृत्व जितेको हो।

अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले १८७ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १६६ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६९, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।


एमाले

डोल्पाको शे(फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ, निर्विरोधे

मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले

मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा

मुस्ताङको लो(घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ

कांग्रेस

मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा

मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन

नेकपा एस

डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना, निर्विरोध

डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ, निर्विरोध

माओवादी केन्द्र

डोल्पाको जगदुल्ला गाउँपालिकामा तारासिं रोकाय