बिर्तामोड । एशियाको अग्रणी प्रि–स्कुल सञ्जाल ‘यूरो किड्स’ ले नयाँ पाठ्यक्रम सुरु गरेको छ । बालबालिकाको समग्र विकास सुनिश्चित गर्नको लागि युनोइया नामक पाठ्यक्रमको सुरुवात गरेको जनाएको छ ।

पाठ्यक्रमले बालबालिकाको समग्र विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने संस्थाको विश्वास छ । बालबालिकामा संज्ञानात्मक, प्रभावकारी कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फस्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिइन् ।

उनले भनिन्, ‘यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ । पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत् बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ ।’

सिइयो केभिएस शेषसाई भन्छन्, ‘हामी यो पाठ्यक्रम पेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी तयार गरेका छौँ । यूरोकिड्समा हामी चाइल्ड फस्ट विचारधारामा विश्वास गर्छौं र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ, जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ ।’

पाठ्यक्रम तीन खण्डमा विभाजित भएको  । जसमा दिमाग, शरीर र आत्मा समावेश छन् । दुई दशकदेखि एसियाका ३ सय ५० भन्दा बढी सहरहरूमा एक हजार दुईसयभन्दा बढी प्रि–स्कुलको नेटवर्क बनाएको यस संस्थाले नेपालमा १४ वर्षअघि यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । अहिले सङ्घीय राजधानी काठमाडौं लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढीमा २८ वटा प्रि–स्कुलहरू सञ्चालनमा छन् ।