वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिसंगै दलहरूको चुनावी अभियानमा छन् । दलहरू जनतालाई आफू तर्फ आकर्षण गर्न विभिन्न योजना तथा प्रतिविद्धताहरू लिएर जनताको घर दैलोमा गएका छन् ।धरानमा मेयर पदमा  मञ्जु भण्डारी (सुवेदी) र उपमेयरमा पदम  लिम्बू(इस्वो) लाई उम्मेदवार बनाएर २० वटै वडामा एकल उम्मेदवारी  दिएको नेकपा एमाले पनि विभिन्न योजना तथा प्रतिबद्धता सहित जनताको घर दैलोमा रहेको छ ।  यसै सन्दर्भमा नेकपा एमाले १ नं प्रदेश कमिटी सचिवालय सदस्य मोतिराज सुनुवारसंग गरिएको कुराकानीः

 धरानमा नेकपा एमालेको चुनावी माहौल कस्तो छ ? 

– नेपाल कम्युनिष्ट पार्टी एमाले विगतको समय देखि नै सबै भन्दा श्रेष्ठ पार्टी जनताको लोकप्रिय पार्टीको रुपमा स्थापित हुदै आईरहेको छ र अहिले पनि होनहार नेतृत्व दिएर पठाएका छौ । नेकपा एमालेको केन्द्रिय सदस्य मन्जु भण्डारीलाई मेयरमा उभाएका छौ । त्यसैगरी उपमेयरमा नेकपा एमाले जिल्ला कमिटि सदस्य बरिष्ठ वकिल हाम्रो नेता धेरै वर्ष सम्म हाम्रो पार्टीमा काम गरिसक्नु भएको पदमप्रसाद इस्पोलाई उठाएका छौ । यसैगरी धरानमा १०२ जना नेकपा एमाले पार्टीको तर्फबाट अरु पार्टीहरुसँग प्रतिष्पर्धा गर्ने तर्फ गईरहनु भएको छ । अहिले हरेक वडामा १ नंबर वडा देखि २० वटै वडाका जनताहरु एमालेलाई विजय गराउनका निम्ति घर–घरमा, टोल–टोलमा समग्र्र क्षेत्रमा हर्षो उल्लासमयका साथ मत मागेर हिडि रहेका छन् । त्यसो हुदा हामी एमाले विजय उन्मुख छौ । 

 नेकपा एमालेले, धरानमा जातिगत अवस्थाको विश्लेषणात्मक कुरालाई ध्यान नदिईकन उमेरद्धार उठायो भन्ने आरोप पनि एमालेलाई लागेको छ नि।

– धरानमा समावेशीको सवालमा नेकपा एमाले पार्टी मात्र यस्तो रह्यो कि समावेसिताको सवालमा मजदुर पक्षधरताका सवालमा समग्र पक्षधरताको सवालमा अत्यन्तै वैज्ञानिक ढंगबाट विश्लेषण गर्दै उमेरद्धार उठाएको छ । त्यसको अर्थ हामीसँग १०२ जनालाई नेकपा एमालको तर्फबाट उमेरद्धार पठाएका छौ ।

१०२ जना मध्येमा विश्लेषणात्म हिसाबले हेर्दा धरानमा २७ जना राईहरु सदस्यको  उमेरद्धार हुनु हुन्छ जसमा १० जना वडा अध्यक्षको उमेरद्धार, १३ जना नेवार सदस्यहरुमा १ जना वडा अध्यक्षको उमेरद्धार, ५ जना लिम्बुहरुमा ३ जना वडा अध्यक्षको उमेरद्धार, क्षेत्री–वाह्मणको हिसाब गर्दा २० जना सदस्यमा ३ जना मात्र वडा अध्यक्षको उमेरद्धार हुनुहुन्छ । बाँकी शेर्पा, मगर, तामाङ हुनुहुन्छ र मेयरमा बाहुन समुदायको मन्जु भण्डारी हुनुहुन्छ ।

सवालमा अत्यन्तै महत्वको साथ नेकपा एमालेले व्यवस्थीत गरेको छ । त्यस कारणले समावेशीता मिलेन कि, जातियता मिलेन कि भन्ने सन्दर्भमा भन्नेमा होस् वा मनोजकुमार मेन्याङ्बो, मोतिराज सुनुवार, विजयकुमार राई, मीनकुमार सुब्बा, हर्कजंग एभेङ जस्ता आदिबासी क्षेत्रकै नेताहरु प्रकास राई, जयकुमार राई लगायतको हस्तीहरु नेकपा एमालेलाई विजय गराउन निम्ति अहोरात्र हिडिरहेका छौ भने देखि आदीबासी जनजातिलाई अन्याय भयो भन्ने कहाँ छ, कसरी भयो, १०२ जना मध्येमा १८ जनामात्र रहेछ बाकी समग्र क्षेत्रमा आदीबासी जनजाति नै हुनु हुन्छ । त्यसैले समग्रमा धरानको सन्दर्भमा हामीले समावेशीको सन्दर्भमा अत्यन्तै वैज्ञानिक ढंगले व्यवस्थापन गरेका छौ । यो व्यवस्थापन नै मूल आधार नै हो हाम्रो जित्ने आधार । 

धरानमा नेकपाले जित्ने आधार छ भन्नु भयो अब पटक–पटक धरानेले एमालेलाई किन जिताउने ? 

– नेकपा एमाले भन्दा अर्को दोस्रो पार्टी नै छैन भन्दा पनि हुन्छ धरानमा । किनभने इतिहास कायम गर्ने पञ्चायती व्यवस्था फ्याक्नको लागि, निरंकुश राजतन्त्रको बिरुद्धको आन्दोलनमा एमालेले काम गर्यो । बि.स.२०६२/२०६३ सालको आन्दोलनमा नेकपा एमालेको अगुवाईमा धरानमा कार्यक्रमहरु भए । त्यसो हुदा धरानको बिकास निर्माण देखि लिएर ऐतिहासिक आन्दोलनहरु समेत नेकपा एमालेको तर्फबाट भएको हो 

नै देख्नु भएको छैन । नेपाली काग्रेस पार्टीको विषयमा भन्नु हुन्छ भने त राष्ट्रिय स्तरका नेताहरुको सबै जेल गए त । धेरै जना जेल गए । नेकपा एमालेका नेता त्यस्तो देख्नु भएको छ? अहिले पनि यो ठाउँमा यस्तो भ्रष्टचार गर्नु भएको छ भनेर कानुनी तरिकाले ल्याउनु न । तर गीत गाउने कुरा त, आरोप लगाउने कुरा त मान्छेलाइ त्यसरी आरोप लगाएर जितिन्छ कि भन्ने कुरामा विश्वास गर्न सकिन्न । 

 यो अवस्थामा एमालेले गुमेको बिरासत फर्काउने आधार के–के छ ?

– हाम्रो उमेरद्धार मन्जु भण्डारी आफैमा ह्याबी वेटको हुनुहुन्छ । वहाँ नेकपा एमाले केन्द्रिय सदस्य पनि हुनुन्छ । संघिय सरकार, स्थानिय सरकार र प्रादेशिक सरकारको संयोजन गरेर कामलाई अगाडी बढाएर काम गरेर देखाई सक्नु भएको छ । केन्द्रिय सरकारसँग धरानलाई जोड्न सक्ने उमेरद्धार मन्जु भण्डारी नै रहेछ भन्ने बिगतको कामले नै देखाई सकेको छ । यो कुरा कांग्रेस, माओबादीका साथीहरुले नि बोलिरहेका छन् । 

 यस बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तपाईहरुको उमेरद्धारले कत्ति मत अन्तरले जित्न सक्नु हुन्छ ? 

–  नेकपा एमालेबाट उठेका धरानको मेयर र उपमेयरले हजार देखि सात हजारको बीचमा बढी मत लिएर विजयी हुन्छ । देशै भरिको महिला दिदीबहिनीको हिसाबले हेर्नु पर्दा धरानमा मन्जु भण्डारी आवश्यक छ । नेकपा एमाले महिला दिदीबहिनीहरुलाई अगाडी बढाउनु पर्छ भनेर महिला सशक्तिकरणमा लागि रहेको पाटी हो ।

मन्जु भण्डारीले जितेर गए पछि धरानको महिला सशक्तिकरण गर्नु हुनेछ । एमालेबाट बिगतमा पनि माननीय कुन्ता शर्मा, लिला श्रेष्ठ (सुब्बा)लाई जिताएर पठाएको थियो । त्यसपछि लिला श्रेष्ठ (सुब्बा) दक्षिण एशियाकै पहिलो उपसभामुख हुनु भएर रेकर्ड राख्नु भयो । अब यसपाली आम महिला दिदीबहिनीहरुको सम्मान स्वरुप मन्जु भण्डारीलाई मेयरको उमेरद्धार बनाएर एउटा कार्यकारी स्थानमा पठाउने छौ ।

मजदुरहरुले नेकपा एमालेका उमेरद्धारलाई किन मतदान गर्ने ? 

.  अरुपार्टी भन्दा नेकपा एमाले श्रेष्ठ पार्टी हो । मजदुर पक्षधर पार्टी हो। अहिले नेपाल ट्रेड युनियन महासंघको कुरा गर्नुहोस् र अन्य ट्रेड युनियनले आ–आफनो हामीले २० वटा वडा अध्यक्षको उमेरद्धार मध्ये ५ जना वडा अध्यक्ष मजदुर नै हुनुहुन्छ । नेकपा एमालेबाट २५ प्रतिशतलाई वडा अध्यक्ष बनायो । थप ११÷१२ जना नेताहरुले प्रतिष्पर्धा गर्दै हुनु हुन्छ । यसरी नेकपा एमालेले मजदुरहरुलाई पनि स्थान दिएको छ । अरु पार्टीले मजदुरहरुलाई त्यस्ता स्थान दिने गरेको छैन । यस कारण नेकपा एमालेलाई मतदान गर्नु पर्छ । हामी मजदुर क्षेत्रबाट नेकपा एमालेमा आएका सबैजना मजदुरकै क्षेत्रमा काम गरिरहेको छौ । 

अन्तमा आम धरानबासीलाई के भन्न चाहनु हुन्छ ?

– धरानको मेयरको उमेरद्धार मन्जु भण्डारी व्यक्ति मात्र हैन हामी सबैको सर्मथनमा उभिएको हाम्रो प्रतिनिधी हो । जो युवा पनि हुनुहुन्छ र भविष्यको लागि हेर्ने हो भने वहाँको उमेरद्धारी अपरिहार्य छ । हामी सबै मिलेर वहाँलाई अगाडी बढाउनु पर्छ । यस कारण आम नगरबासी दिदीबहिनी, दाजुभाईले स्थानिय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि मेयरका उमेरद्धार मन्जु भण्डारी, उपमेयरको उमेरद्धार पदमप्रसाद लिम्बु सहित १०२ जना उमेरद्धारहरुलाई जिताउनु हुन अनुरोध गर्दछु।