संयुक्त राष्ट्रसङ्घले विश्वकै विश्वासिलो मुलुकको नाम नर्वे सार्वजनिक गरेको छ । जुन देश विश्वकै खुसी मुलुक फिनल्याण्ड झैं स्केन्डेनेभियन देश नै हो । दोस्रोमा आइलैन्ड, तेस्रोमा स्वीजरलैन्ड, चौथोमा एसियन मुलुक हङकङ (चीन) र पाँचौं स्थानमा आइसलैण्ड पर्न सफल भएका छन् । यसरी नै जर्मनी, स्वीडेन, अष्ट्रेलिया, नेदरलैण्ड र डेनमार्कहरू टप टेनभित्र पर्न सफल भएका छन् ।छिमेकी मुलुक भारत १ सय ३१ औं र चीन ८५ औं स्थानमा छ भने हाम्रो देश नेपाल १ सय ४२ औं स्थानमा पर्न सफल भएको छ । यो रिपोर्टअनुसार संसारकै अविश्वासिलो मुलुकको रूपमा भने अफ्रिकन देश नाइजर परेको छ । जुन देश हाम्रो देशजस्तै भूपरिवेष्ठित हो । संयुक्त राष्ट्र  विकास कार्यक्रमले वार्षिक मानव विकास प्रतिवेदनमा १ सय ८९ देशहरूको मानव विकास सूचकाङ्क (ज्म्क्ष्) सङ्कलन वा सर्वे गर्ने गर्छ ।

सूचकाङ्कले कुनै पनि देशमा शिक्षा, स्वास्थ्य र आम्दानीको अवस्थालाई मानव विकासको मापन गर्ने सूचकको रूपमा मान्दछ । जुन समय क्रमसँगै विभिन्न देशहरूबीच तुलनायोग्य वा समान प्रकृतिको हुन्छ । तर, नर्थ कोरियालगायत ६ वटा मुलुकहरू र युएनको सदस्य नभएका ३ वटा राष्ट्रहरू यो सर्वेमा परेका छैनन् । सन् १९९० मा पहिलो पटक मानवीय विकास सूचकाङ्क प्रकाशित भएको थियो । जसमा कुल गार्हस्थ उत्पादनजस्ता विशुद्ध आर्थिक विषयहरूभन्दा मानव विकासको बृहत् पक्षहरूको मापनको लक्ष्य राखिएको थियो । सूचकाङ्कले मानव विकासको तीन आयामहरूसमेत समावेश गर्दछ ।

लामो र स्वास्थ्य जीवन, ज्ञान र सभ्य जीवनस्तर । कुनै पनि देशले प्रत्येक आयाममा कस्तो दख्खल राख्छ भनेर मापन गर्न विभिन्न सूचकहरू प्रयोग गरिन्छ  । सन् २०२० को रिपोर्टमा प्रयोग गरिएका सूचकहरूमा स्वस्थ शिशु जन्मदर, बच्चाहरूलाई विद्यालय पठाउने उमेर, विद्यालय शिक्षामा वयस्कहरूको औसत उमेर र प्रतिव्यक्ति आय थिए । सूचकहरूलाई स्वास्थ्य, शिक्षा र आम्दानीका सूचकाङ्कहरू निक्र्यौल गर्न प्रयोग गरिन्छ । प्रत्येक सूचकाङ्कको मान ० र १ को बीचमा हुन्छ । यी तीनवटा सूचकाङ्कहरू ज्यामितीय औसत अर्थात् सूचकाङ्कहरूको गुणनफलको घनमूल नै मानव विकासको सूचकाङ्क हो । मानव विकासको सूचकाङ्क ०–८०० भन्दा माथिको मानलाई धेरै उच्च, ०–७०० र ०–७९९ को मानलाई उच्च र ०–५५० देखि ०–६९९ लाई मध्यम् र ० –५५० भन्दा कमको मानलाई निम्न भनी वर्गीकृत गरिएको छ । मानव विकास सूचकाङ्क गणना गर्न प्रयोग गरिएका डाटा तथा अन्य विवरणहरू प्रायः युनेस्को, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्य संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्तर्राष्ट्रिय संस्थाहरूबाट साभार गर्ने गर्दछन् ।

यो पूरै ब्रह्माण्ड विश्वासले चलेको छ । विश्वास भएन भने केही पनि गर्न सकिँदैन । एउटा सिन्को भाँच्न सकिँदैन । विश्वास गुमाउँदाको पीडा असह्य हुन्छ । अत्यन्त पीडादायी हुनेछ । विश्वास गुमाउनु सर्वनाश गुमाए झैं हो । गुमनाम भए झैं हो । पहिलो स्थानहरूमा पर्न सफल मुलुकहरूमा कहिले चिनजान र भेटघाट नभए पनि ९६ प्रतिशत मानिसहरूमा निर्ढुक्कसँगले विश्वास गरागर गर्छन् । त्यही उचाइमा विना सङ्कोच आर्थिक लेनदेन गर्छन् । व्यवसाय चलायमान छन् । सरकार चल्छ । त्यही उचाइमा सरकार र जनता चल्छन । ती देशहरूको हरेक क्षेत्र निःसन्देह चलायमान छन् । जहाँ छलकपट हँुदैन । तिगडमबाजी चल्दैन । चतुर्याइँ हुँदैन । धोका हुँदैन । ९६ प्रतिशत मानिसहरूको घरमा तालाचाबी लागेको हुँदैन । तालाचाबी दोकानहरूको व्यवसाय शून्य छ । चाबीको नामनिसाना लोपोन्मुख छ । कहिले पनि एक–अर्कामा कुभलो सोच्दैनन् । नकारात्मक सोच राख्दैनन् । त्यही भएर ती देशहरू समृद्ध छन् । संसारमै खुसी छन् । विडम्बना हाम्रा देशमा भने त्यसको ठीक उल्टो दिशा छ । हुन पनि यो रिपोर्टअनुसार १ सय ४२ औं स्थानको मुलुक न प¥यो । जहाँ देशको मूल राजनीति नै ढाँटै ढाँटको छ । दलका मुख्य नेताहरू खोक्रो आश्वासनमा खप्पिस छन् । देश र जनताको स्तर माथि उकास्नुको सट्टा आफ्नो पार्टीका कार्यकर्ता र आफ्नालाई मात्र उकास्नुमा विलिन छन् । सरकार यस्ता विषयहरूमा पूरै बेखबर छ । तसर्थ हरेक कुरा गर्नुअगाडि सयौंपल्टभन्दा धेरै सोच्नु पर्नेछ । अरू देशको नागरिकले कुनै पनि कुरामा हामीसँग सहकार्य गर्नलायक नै देखिएन । यस्तो अवस्था आएपछि केही पनि चल्ने कुरा आएन ।

त्यही विश्वास हरेक सम्बन्धसँग जोडिन्छ । विश्वासले नै संसार चलेको छ । धर्म, कर्म, ध्यान, योग, प्रार्थना, सम्बन्ध र सबै प्रकारका काण्डहरू विश्वाससँग जोडिन्छन् । झन् क्रिश्चियनहरू त आफूलाई विश्वासीको रूपमा चिनिँदा गर्व गर्छन् । सबै प्रकारका शक्तिपीठहरू विश्वाससँग जोडिन्छन् । विश्वास आमाबाबु र छोराछोरिसँग पनि जोडिन्छ । श्रीमतीसँग जोडिन्छ । उत्तराधिकारीसँग जोडिन्छ । नातागोतासँग जोडिन्छ  । छिमेकीसँग जोडिन्छ । मित्रहरूसँग जोडिन्छ । व्यापार–व्यवसायसँग जोडिन्छ ।  विश्वबन्धुत्वसँग जोडिन्छ । राजनीतिसँग जोडिन्छ । अहिलेको आसन्न स्थानीय चुनाव पनि विश्वाससँग जोडिन्छ । विश्वास मित्रराष्ट्रहरूसँग जोडिन्छ । यो विश्वको हरेक तŒवमा एक–अर्कामा विश्वास नहुने हो भने अस्थिरै अस्थिरता मात्र सिर्जना हुनेछ । कुनै पनि चिजले कुनै प्रकारको गति लिने छैन । शून्यतामात्र छाउनेछ । यस्तै मात्र रहिरहेमा केहीको पनि परिकल्पना गर्न सकिने छैन ।

यो विश्वको हरेक गतिविधिको प्राण नै विश्वास हो । यो हाम्रो जीवित प्राण नै विश्वासमा अडिएको छ । यो अमूर्त विश्वास संसारकै शक्तिशाली हतियार हो भन्दा अतिशयोक्ति नहोला । सिङ्गो ब्रह्माण्डको जग नै विश्वासमा अडिएको छ । यस्ता रिपोर्टहरूलाई हरेक मुलुकको सरकारले ध्यान दिन जरुरी छ । यसका सूचकाङ्कहरूको मानकहरूलाई मुख्य कार्ययोजना बनाएर ती क्षेत्रहरूमा सुधार आउन सक्नु पर्नेछ । हाम्रो जस्तो गरिब देशको सरकारले पनि आफ्नो मुख्य नीति तथा कार्यक्रममा यी तत्वहरूलाई पहिलो प्राथमिकतामा राखेर अघि बढे एचडिआई रिपोर्टमा परिवर्तन आउन सक्नेछ । सुधार आउन सक्दछ । यस्ता अवस्था आएमा नेपाल र नेपालीलाई दुनियाँको हेर्ने नजरमा परिवर्तन अवश्य आउनेछ । यस्ता सूचनाहरूका सम्बन्धमा हामी सबै सचेत भई जागरुक भएर सरकारको कानसम्म पुर्याउन सक्नु पर्नेछ । आँखा खुलाउन सक्नु पर्नेछ । त्यो हिम्मत राख्न सक्नु पर्नेछ । जागरुक हुनु अति नै जरुरी छ । यो प्रयासले सार्थक रूप लिएमा पक्कै पनि नर्वेजस्ता पहिलो स्थानमा वा टप टेनमा नपरे पनि हाम्रो देश नेपालको पनि स्थानमा उल्लेखनीय सुधार आउनेमा म आशावादी छु । यो नै विकासको पर्यायवाची सावित हुनेछ ।  
(लेखकः जेनिथ स्कुलका प्रिन्सिपल हुन् ।)