धरान । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक भएको छ ।

गीत छोटो समयमै ट्रेन्डिङमा परेको छ । मोडल तथा गीतकार जिम्बे राईको शब्दमा रहेको गीतमा राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ । ऋषि खड्काको सङ्गीतमा तयार भएको गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । जिम्बे टिकटकबाट उदाएका मोडल हुन् । यता बर्देवा भने रङ्गकर्मी हुन् । विक्रम चौहानको निर्देशनमा तयार भएको गीतमा प्रेमिल जोडीको प्रेमकथा देखाइएको छ । यसअघि जिम्बेको ‘ए जिन्दगी’ बजारमा आइसकेको छ ।