धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगीतामा आयोजक धरान मेघा वि, सियोन, एम्स र डिपो स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।

विहिवार भएको क्वाटर फाइनल खेलमा आयोजक धरान मेघाले टावर टेम्पल स्कुल विर्तामोडलाई ३८–१२, सियोनले समिट स्कुललाई ४०–२६, डिपोले हिमशिखर तरहरालाई २९–२५ र एम्सले धरान अर्दशलाई ४०–२४ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन ।  

खेलमा धरान मेघा रटावर टेम्पलले प्रत्येक क्वाटरमा १३–२,७–२,११–६ र ७–२, सियोन र समिटले ११–२, १६–८, ०–९ र १३–७ अंक जोडेका थिए । यसै गरि डिपो र हिमशिखर स्कुलले ६–७, ६–१, १४–७ र १३–१० र एम्स र धरान अर्दशले १–०, १०–७, १७–१३ र १२–४ अंक जोडेका थिए ।

शुक्रवार हुने सेमिफाइनल खेलमा आयोजक धरान मेघा कलेज विरुद्ध डिपो स्कुल र सियोन विरुद्ध एम्स एकेडेमि विच प्रतिश्पर्धा हुनेछ ।

धरान ख्रिष्टीयन समाज द्धारा प्रतियोगितालाई सहयोग

बिहिबार देखि सुरु भएको क्वाटर फाइनल खेल सुरु हुन अघि धरान ख्रिष्टीयन समाज द्धारा प्रतियोगिता आयोजकलाई आर्थिक सहयोग गरेका छन । समाजले नगद छव्विस हजार ५ सय रुपैया सहयोग गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान ख्रिष्टीयन समाजका अध्यक्ष शामुयल राईले प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, नेपाल बास्केटवल संघका केन्द्रय उपाध्यक्ष सुरजकुमार लामा, धरान आर्दश कलेजका सह प्राध्यापक एविन राई लगायतको उपस्थिति रहको थियो ।

चैत्र १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा संपन्न भइरहेको छ  ।