धरान । धरान–९ बगैंचालाइनस्थित समिट माविलाई पूर्व शिक्षकले स्कुलका खेलाडीहरूलाई लक्षित गर्दै आर्थिक सहयोग गरेका छन् ।

हङ्कङमा रही प्राध्यापन सेवामा कार्यरत लोकप्रसाद दाहालले स्कुलका खेलाडीहरूलाई लक्षित गर्दै आर्थिक सहयोग गरेका हुन् । विद्यार्थीहरूलाई २९ हजार २ सय रुपैयाँ बराबरको जर्सी प्रदान गरेको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए ।

लामो समयसम्म समिटमै अध्यापनको भूमिका निर्वाह गरेका शिक्षक लोकप्रसाद हाल हङ्कङमा शिक्षा क्षेत्रमै कार्यरत रहेका छन् । दाहालका पारिवारिक प्रतिनिधि अञ्जन राईलेविद्यार्थीहरूलाई जर्सी सेट प्रदान गरेका थिए ।

भलिबल खेललाई लक्षित गर्दै जर्सी प्रदान गरिएको हो । भलिबलमा धरानको समिटले प्रदेश १ मै फरक पहिचान बनाएको छ ।