धरान । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले धरानमा एमसीसी सम्झौता विरुद्ध जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।
धरानको सदन रोडबाट सुरु भएको विरोध जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । देशभर ६ कम्युनिस्ट पार्टी र २ मोर्चा निकट विद्यार्थी संगठनले संयुक्त आयोजना गरेको एमसीसीको बिरोध कार्यक्रम अन्तर्गत सुनसरीमा भने विप्लव निकट अखिल (क्रान्तिकारी)ले मात्र प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा संगठनकी केन्द्रिय सदस्य सुस्मा चौधरीले एमसीसी सम्झौता राष्ट्रहित विपरित भएको भन्दै आफुहरु हुन्जेल नेपालीको स्वाभिमानसँग खेलवाड हुन नदिने बताईन् । उनले यो सम्झौता खारेजीको लागि सडक संघर्ष जारी राख्ने बताईन् ।
विरोध कार्यक्रमकी संयोजक संगठनकी केन्द्रिय सचिवालय सदस्य नताशा सुबेदीले विद्यार्थीको हकहितको लागि आवाज उठाउदै आएको आफ्नो संगठन अब राष्ट्रियताको लागि सडकमा निरन्तर संघर्ष गर्ने बताईन् ।