संखुवासभा । पुर्व पर्यटन मन्त्री तथा एमाले सचिव योगश भट्टराईले एमसीसी अनुमोदनका क्रममा ल्याईएका ब्याख्यात्मक टिप्पणीको तुक नरहेको समेत बताए । संखुवासभा सदरमुकाम खाँदबारी आएको उन्ले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

वैधानिक मान्यता नरहेकोले यसको कुनै औचित्य नरहेको उनको भनाई छ । कार्यकर्ताको आँखामा छारो हाल्नको लागि र सडकको नौटङ्की ढाकछोप गर्न यो ल्याईएको उनको भनाई छ । सामाजिक सञ्जालको फण्डाको रुपमा प्रयोग भई रहेको यसको कुनै हैसियत नरहेको उनले बताए । 

एसीसी अनुमोदन भएपनि प्रकृयामा एमालेको असहमती रहेको बताएका छन् । उनले सबै दललाई सहमति ल्याउन नसक्नु सभामुखको कमजोरी भएको भन्दै पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनी नेकपा एमाले संखुवासभाको चौथो सचिवालय बैठकमा प्रमुख अतिथिका रुपमा आएका हुन् ।