धरान । कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ को भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक गरिएको यो गीतका शब्दले चेलिबेटी बेचविखनबारे सजग गराएका छन् । हरिवंशकै शब्द तथा सङ्गीत रहेको गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ । यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।

भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नवीन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन् । भिडियोलाई सुशील सापकोटाले खिचेका हुन् ।