श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष ३० गते शुक्रबार, १४ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको द्वादशी तिथि २२ः४० बजे सम्म, उप्रान्त त्रयोदशी नक्षत्र रोहिणी २०ः३५ बजेसम्म, उप्रान्त  मृगशिरा , चन्द्रमाराशि वृष, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
ईष्र्यागर्नेहरुबाट सजग रहनुहोला । शुभचिन्तकहरुका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त तथा साथीभाईसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनैतिक क्षेत्रमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउसोदेखि प्रतिक्षित नतिजाले उत्सा जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनको अर्थ सञ्चय गर्ने सयम छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्दप्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि केही संधर्ष गर्नुपर्ने देखिन्छ  । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुख दुख बराबरी मध्यमखालको दिनछ । ठुलो कारोबार नगर्दा वेश हुने देखिन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरु प्रसस्तै भेटिने देखिन्छ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएका काममा वेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । वल भन्दा बृद्धिको प्रयोग गर्नुहोला ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांश माथि अरुले दावी वीरोध गर्न सक्छन् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चलागेपनि लगानीको अवसर जुट्नसक्छ । दिगोयोजनाका लागि ऋण लिने समय छ ।