धरान । युवा पुस्तामा चर्चित गायक याबेश थापाले नयाँ वर्ष सन् २०२२ को अवसरमा धरानमा हुने ‘न्यु इयर इभ’मा गाउने भएका छन् ।

धरानको बगरकोट स्थित भिन्टेज फेमिली  रिसोर्टमा पुस १६ गते आयोजना हुने ‘न्यु इयर इभ’का लागि उनी धरान आएका छन् । उनका गीतहरु ‘मायालु , लाखौ हजारौ, के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा’ जस्ता दर्जनौ गीत युवापुस्ता माझ चर्चित छन् ।  सन् २०२२ लाई स्वागत गर्न पौष १६ गते शुक्रबार भब्य स्टेज, साउण्ड, लाईट सहित  भिन्टेज फेमिली  रिसोर्टमा कार्यक्रम आयोजना गर्न लागेको केएन इन्टरटेनमेन्टका कृष्ण राईले बताए ।  कार्यक्रमलाई मनोरंजनात्मक बनाउन स्थानीय लासोज ब्याण्डको प्रस्तुति संगै डिजे लाक्पा र डिजे डबल बीले पनि प्रस्तुति दिने छन् ।