सुनसरीको इनरुवा नगरपालिका ६ स्थित पुर्व पश्चिम लोकमार्गमा भेनले ठक्कर दिँदा  १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिहं गाउँपालिका १ का ५५ वर्षीय रामेश्वर उराउ रहेका छन् । हिजो राति ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९०९१ नम्बरको भेनले पैदल यात्री उराउलाई  ठक्कर दिएको थियो । घाइते उराउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

 दुर्घटनामा संलग्न सवारी साधन  र चालक इनरुवा नगरपालिका ८ का २५ बर्षिय राम चरित्र महत्तोलाई  जिल्ला प्रहरी कार्यालयले सुनसरीले नियन्त्रणमा लिई  थप अनुसन्धान गरीरहेको छ ।