भद्रपुर  झापाको दमक नगरपालिका–४मा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवासको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मङ्गलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर र्पुयाईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको जिल्लाका डिएसपी बसन्त पाठकले जनाए । 

गाडी तथा गाडि चालक धनकुटा नगरपालिका–१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जनाए ।