विराटनगर । ग्रुप फोर सेक्युरिटी सर्भिसेज (जि.फोर. एस.) प्रालिले सुरक्षा गार्डलाई दिदै आएको सेवा सुविधा कटौति गरेपछि श्रमिकहरू आन्दोलित भएका छन् । कम्पनीले दिदै आएको ग्रेड बढुवालगायतको सेवा सुविधाहरू कोभिड १९ को बहना बनाउँदै उक्त प्रालिले रोक्का गरेपछि जि. फोर. एस मा आवद्ध भएका सुरक्षा गार्डहरू आन्दोलित भएका हुन् ।
अखिल नेपाल सेक्युरिटी मजदुर संघको नेतृत्वमा सुरक्षा गार्डहरूले कम्पनीले दिदै आएको सेवा सुविधाहरू निरन्तर रूपमा दिनुपर्ने भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजानिक गरेका छन् । उनीहरूले सुरक्षा गार्डहरूले राखेको माग सम्बन्धन गर्नको लागि यसअघि कम्पनीलाई दुई साताको समय दिएका थिए ।
कम्पनीले श्रमिकको माग सुनवाइ नगरेपछि बाध्य भएर चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ मोरङका अध्यक्ष श्याम कुमार गौतमलले जानकारी दिए । ‘कम्पनीले यसअघि ग्रेड बुढुवा, विदा, विरामी विदा लगायतको सम्पूर्ण सेवा सुविधा दिने गरेको थियो ।
कोभिड १९ पछि अहिले विगतमा दिदै आएको सेवा सुविधाहरू रोक्का गरेको छ,’ अध्यक्ष गौतमलले भने, ‘यसरी श्रमिककहरूलाई दिदै आएको सेवा सुविधा कम्पनीले कटौति गरेपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको छ ।’ उनीहरूले न्युनितम बेतन वृद्धि, वर्षिक ग्रेड बढुवा, वर्षिक विदा, उपदान, संचयकोषलगायतका ३१ बुद्धे माग राख्दै चरणबद्ध आन्दोलनमा कार्यक्रम सार्वजानिक गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्र्गत पुस ७ गते श्रम कार्यालय र सामाजिक सुरक्षा कोषमा ध्यानआकर्षण गराउने, पुस १० गते सबै प्रतिष्ठान जि. फोर. एस. व्यवस्थापनले गरेको मजदुरमारा कार्यहरूको पत्र माफर्त भण्डाफोर गर्ने, २० गतेदेखि माग पूरा नभएसम्म कम्पनीको व्यवस्थापनले गरेको मजदुरमारा कार्यहरुको मिडिया मार्फत भण्डाफोर गर्ने कार्यक्रम रहेको छ ।
यस्तै पुस ३० गते कम्पनीको व्यवस्थापनले गरेको मजदुरमारा कार्यहरुको विभिन्न माध्यमबाट अन्तर्राष्ट्रियकरण गरि नयाँ कम्पनीलाई ध्यानकर्षण गराउने रहेको छ । यस्तै माघ ५ गते जिफोर एसको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालहरुमा १ घण्टा नारा जुलस प्रर्दशनसहितको कोणसभा गर्ने, माघ २५ गते कम्पनीको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गर्ने अध्यक्ष गौतमलले जानकारी दिए ।
यदि गर्दा पनि श्रमिकको माग सुनवाइ नभए माघ २५ गते हेडअपिसलगायतका सम्पूर्ण शाखा कार्यालयहरुमा व्यवस्थापन पक्षलाई प्रवेशमा रोक लगाउने र चैत ५ गते केन्द्रीय कार्यादेखि देशभरीको सम्पूर्ण शाखा कार्यालयहरु तालाबन्दी गर्ने मजदुर संघले चेतवनी दिएका छन् ।
उनीहरूले सार्वजानिक गरेको आन्दोलनको कार्यक्रमसहितको बोधार्थ श्रम तथा रोजगार कार्यालय जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ प्रशानलगायतका १५ वटा कार्यालयमा पढाएको छ ।