यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

कुम्मायक—२ माङजाबुङ विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच महागुरु फाल्गुनन्द शालिक संरक्षण समितिले शैक्षिक सामाग्री बितरण गरेको हो । समितिले अक्षयकोषको ब्याजबाट वडाका ८ विद्यालयका १ सय ३३ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । शिद्धसरस्वती मा.बि माङजाबुङमा आयोजना गरेको कार्यक्रम मार्फत विद्यार्थीलाई कापी, पेन्सील, कटर र इलेजर बितरण गरेको समितिका अध्यक्ष सुर्य बिक्रम चेम्जोङले बताए । 

सोही अवसरमा विद्यालयका शिक्षकहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले महागुरुको शालिक संरक्षण समितिले अक्षयकोष मार्फत शैक्षिक गुणस्तर गुणस्तर सुधार गर्न महत्वपूर्ण योग्दान दिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा संरक्षण समितिका कार्यवाहक अध्यक्ष तथा कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, २ नम्बर वडाका अध्यक्ष बालकृष्ण शेर्मा लगायतका अथितिहरुले कार्यक्रमको बिषयमा धाराणा राखेका थिए । 

समितिले यस अघि फाल्गुनन्द जन्मजयन्तीको अवसर गाउँपालिकाको ४ वटा वडाका ३१ सामुदायिक विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण समेत गरेको थियो ।