भद्रपुर । बालमैत्री नगर घोषणा भएको एक वर्ष पुगेको उपलक्ष्यमा भद्रपुर नगरपालिकाले विविध कार्यक्रम गर्ने निधो गरेको छ । नगर बाल सञ्जालले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रममका विषयमा जानकारी गराएको हो ।

बालमैत्री  स्थानीय शासनयुक्त नगरपालिका घोषणा दिवसको अवसर पारेर गरिने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको बालमैत्री स्थानीय शासन नगर समिति अध्यक्ष तथा नगर प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

नगर बाल सञ्जाल गठन भएयता बाल विवाह,बालश्रम, बालबालिकामाथि हुने हिंसा,लागूऔषध दुव्र्यसनी लगायतका घट्नाहरुमा केही कमि आएको प्रमुख श्रेष्ठले बताए ।

प्रदेश १ को पहिलो बालमैत्री नगर घोषणा  गर्दा बालबचाउ, बाल संरक्षण बाल विकास, बाल सहभागिता र संस्थागत सुचकहरु जम्मा ३९ वटा रहेकोमा हाल केही सुचकहरु थप भई बालमैत्री  स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बमोजिम ५१ वटा सुचक रहेकोमा नगरपालिकाले थप सुचकहरुको अवलम्बन गरिसकेकोले कार्यान्वयनको चरणमा रहेको उनले बताए ।

घोषणा दिवसको अवसर पारेर नगरबाल सञ्जालले मङ्सिर २५ देखि पुस ४ गतेसम्म विद्यालयस्तर विविध प्रतियोगिताहरु सञ्चालन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।

बुधबार भद्रपुर स्थित सीटी गार्डेनमा हुने दिवसमा नगरपालिकालाइ  विभिन्न तवरले योगदान पुर्याउने सङ्घ संस्था तथा व्यत्तिलाइ सम्मान , प्रतियोगितामा विजेतालाइ पुरस्कार र मरणोउप्रान्त सम्मान गरिने कार्यक्रम रहेको जानइएको छ । कार्यक्रमलाइ प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नेछन् ।

नगर बाल सञ्जाल अध्यक्ष भावना पोखरेलले कार्यक्रमको  औचित्यमाथि प्रकास पारेकी थिइन् । सचिव दिव्या काफ्लेले सञ्चालन गरेको कार्यक्रममा बाल सञ्जाल फोकल पर्सन टिकाराम पाण्डे, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत ,बाल सञ्जाल अध्यक्ष पोखरेलले पत्रकारको जिज्ञासामाथि प्रष्ट पारेका थिए ।

उपाध्यक्ष आरोग्य तिम्सिनाले स्वागत गरेका थिए । दिवसको अवसरमा भद्रपुर नगरले स्थानीय विदा दिने निर्णय गरिसकेको छ ।