झापाको बिर्तामोड नगरपालिका १ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी १० का  ४० बर्षिय यामनाथ राय रहेका छन । बिर्तामोड १ स्थित पुर्व पश्चिम राजमार्गमा मे १ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बिण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर ३ का  रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।