यासोक—पाँचथरको कुम्मायक गाउँपालिकाले सिमान्तकृत अल्पसंख्यक समुदायप्रति चासो दिएको छ । आर्थिक रूपमा विपन्न र अल्पसंख्यक समुदायका सुकुम्बासीलाई निःशुल्क जगा धनीपुर्जा र सोही समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

गाउँपालिकाको ५ नं. वडामा माझी २० घरधुरी छन् भने भुजेल ६ घरधुरी छन् । त्यस्तै कुम्मायक ३ मा २० माझी घरधुरी गरी ४६ सिमान्तकृत र अल्पसंख्यक समयुदायको बसोवास छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को १ लाख ५० हजार रकमबाट ४६ विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

पालिकाको वडा न. ३, ४ र ५ नम्वर वडाको विभिन्न विद्यालयमा अध्ययनरत ४६ सिमान्तकृत तथा अल्पसंख्यक माझी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा व्याग झोला वितरण गरेको छ । कुम्मायक ५ को कागेश्वरी आधारभूत विद्यालय र महेन्द्रदोय माविका २३ र ३ नं. वडाको  सिद्ध मावि. तिङदेन, महादेव आ.वि. र त्रिभुवन आ.वि.मा अध्यनरत २३ जना सिमान्तकृत माझी समुदायका विधार्थीहरूलाई झोला तथा शैक्षिक सामाग्रीहरू वितरण गरिएको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए ।

विद्यार्थीलाई जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले सम्बन्धित विद्यालयमा पुगेर झोलासहित शैक्षिक सामाग्री वितरण गरेको थियो ।