धरान । नेवार समुदायभित्रको एक जाति जोशी मोरङमा पनि एकजुट भएका छन् ।
मोरङको विराटगरमा सम्पन्न एक भेलाले शोभा जोशीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मीनारायण जोशी, सचिवमा सुरज जोशी, र कोषाध्यक्षमा मुक्ति जोशी चयन भए ।
यसैगरी सदस्यहरूमा मीना, महेश्वर, निर्मल, दिलकुमार र सुरेश जोशी रहेका छन् । जोशी समाज झापाका अध्यक्ष सनद जोशीको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।