धरान । नेवार समुदायभित्रको जोशी जाति सुनसरीमा एकजुट भएका छन् । जोशी समाज जिल्ला शाखा सुनसरीको अध्यक्षमा हर्कबहादुर जोशी सर्वसम्मत चयन भएका छन् ।
शनिबार गठित समितिको उपाध्यक्षमा कमल जोशी, सचिवमा सरोज र कोषाध्यक्षमा सुनिता जोशी चयन भए । यसैगरी सदस्यहरूमा रामकुमार जोशी, अर्जुन जोशी, रामबहादुर जोशी रहेका छन् । जोशी समाज झापाका अध्यक्ष सनद जोशीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जोशी समाज मोरङकी अध्यक्ष शोभा जोशीलगायतको उपस्थितिमा समिति गठन भएको हो ।