विजयपुर । ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रममा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुस ९ गते स्वास्थ्यकर्मी तथा मेकानिकलसहितको उपस्थितिमा सवारी चालकको स्वास्थ्य परीक्षण र सवारीको यान्त्रिक अवस्था चेकजाच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पुस ४ गते सुरु हुने सप्तहव्यापी कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ र  १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने भएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम गर्न लागेको हो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुस ४ गते ¥यालीसहित उद्घाटन हुनेछ । ¥याली धरान–१२ पब्लिक स्ुकलदेखि छाताचोक, कलेजरोड, हुँदै भानुचोकसम्म हुनेछ । पुस–५ गते भानुचोक जिरोपोइन्ट, तीनकुनेलगायत जिल्लाभर ट्राफिक पोष्टनजिकका चोकहरूमा सचेतनामूलक पर्चा पम्लेट वितरण गर्ने जनाएको छ । पुस ६ गते धरानको जिरोपोइन्ट, छाताचोक, भानुचोक, भोटेपुल, तीनकुनेलगायतका स्थानमा स्थानीय तहसँगको सहकार्यमा फुटपाथ तथा पार्किङ व्यवस्थापन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

कार्यालयले पुस ७ गते चालक परिचालक प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । पुस ८ गते जिल्लाभरका विद्यालय, सार्वजनिक स्थल र भीडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । १० गते सप्ताहव्यापी कार्यक्रमको समीक्षासहित स्थानीय तह, व्यवसायी, मजदुर, शैक्षिक संस्था र पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम गरी समापन गर्ने जनाएको छ ।