झापाको कनकाई नगरपालिकामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको ८ नम्बर वडा की ३८ वर्षीय राधिका सोडाई रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

कार्यालयका अनुसार बुधबार राति ११ बजेर ५० मिनेटमा नगरपालिकाको ३ नम्बर वडा स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादैगरेको ना ६ ख ५७१३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी उनलाई उपचारकालागी विर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारकालागी बिएण्डसी अस्पतालमा लगिएको थियो । 

बिएण्डसी अस्पतालमा रेफर भएसंगै डाक्टरले चेकजाँच गरी मृत्यु भएको बताएका छन् । दुद्र्दटना पछि ट्रक र ट्रक चालक सलाहीको बागमती नगरपालिका ४ का २९ वर्षीय उतम वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।