सुनसरी र झापामा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएकाे छ भने ३ जना घाईते भएका छन् । 

बुधबार दिउसाे साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका ६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले ठक्कर दिदा  स्थानिय ४० वर्षीय बैजनाथ रिषिदेवकाे मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । 

कार्यालयका अनुसार दुर्घटनामा  रिषिदेवसहित मोटरसाईकल चालक भोक्राहा ८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम घाईते भएका थिए । घाइतेहरूमा जिल्ला अस्पताल सुनसरी उपचारकाे क्रममा रिषिदेवको मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ। 

त्यस्तै, बुधबार राति पौने ८ बजे झापाको कन्काई नगरपालिका ७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका ६ का ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भएका थिए ।

घाइतेहरूकाे विर्तामाेड स्थित बिएण्डसि अस्पतालमा उपचारकाे क्रममा  राती नै  मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ । दुर्घटनापछि बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका ६ का ३१  वर्षीय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।