इलामकाे सुर्याेदय नगरपालिका ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा माईजोमाई गाँउपालिका–४ का ७६ वर्षीय राम प्रसाद तिमसिना र माईजोमाई –३ का ४० वर्षीय भरत घिमिरे रहेकाे  इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएकाे छ । कार्यलयका अनुसार मंगलबार दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । 

दुर्घटनामा  घाईते भएका उनिहरूकाे  बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारकाे क्रममा मृत्यु भएकाे कार्यालयले जनाएकाे छ । 

दुर्घटनामा घाइते भएका  चालकसहित अन्य ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान  भइरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।