सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भिषण आगलागी हुँदा २ वटा घर र ४ वटा गोठ जलेका छन् ।

मंगलबार गाउँपालिकाको ७ नम्बर वडामा रहेको नटाइ यादवको घरबाट सुरू भएको आगोले नटाइ यादवको घर जलेर पूर्ण क्षति हुनुका साथै 

छिमेकी विष्णुदेव यादवको गोठ र एक थान मोटरसाइकल, विजय यादवको गोठ र गोठमा रहेको  २ विघाको पराल र धान सँगै लताकपडा  जल्नुका साथै  आगोमा परेर एउटा बाछी घाइते भएको छ । त्यस्तै,  आगलागीमा परेर गम्भिर घाइते भएका भौसाइ यादवको गोठ जलेर खरानी भएको छ भने   जलेर उनको एउटा गोरू मृत्यु भएको छ ।

आगलागीका कारण भौसाइका भाई तेजनारायण यादवको पनि घर जलेको बताएको छ ।  जितन यादवको टिनाको छानो भएको  घर र घर भित्र रहेको १५ कठ्ठाको धान जलेर नष्ट भएको बताइएको छ  । 

आगलागीबाट बच्न छिमेकी अवधनारायण यादव, धमेन्द्र यादव र शिवनारायण यादवको घर भत्काउदा सामान्य क्षति भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीमा परेर करिव ३० लाख मूल्य बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ ।

आगलागिको कारण भने खुलिसकेको छैन ।