पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ९फोनिज० मोरङको पाँचौँ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बा मिभकलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । 

आइतबार कानेपोखरी–७, स्थित नलिन होटलमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले मिभकलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चुनेको हो । अधिवेशनले उपाध्यक्षमा अशोक गुरुङ, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा बबिता साम्पाङ राई र कोषाध्यक्षमा राजकुमारी तामाङ चयन भएका छन् । सदस्यमा बिद्यानन्द चौधरी, शिवहाङ राई, सिर्जना धिमाल, संगीता राई, सम्झना राई, सुरन्जन लिम्बू, सुमन कुरुवाङ र राजेश राजवंशी निर्विरोध निर्वाचित भएका हुन । 

अधिवेशनले केन्द्रीय पार्सदमा भक्तशेर लिम्बू, फिपराज बेघा र सुजता लिम्बू सर्बसहमत चयन गरेको छ । त्यसै गरी प्रदेश प्रतिनिधिमा संदिप राई, बबिता लिम्बू, अजित धिमाल, सन्तोष राई, ऋषि राई, बाबुराम मुडियारी, सोनिकुमार आङ्देम्बे चयन भएका छन् । फोनिज मोरङमा ४७ जना पत्रकार आबद्ध रहेका छन् ।

उद्घाटन सत्रमा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि रहेका थिए । त्यसै गरी विशेष अतिथिहरूमा फोनिज सङ्घीय सचिव कमन देवन याक्खा, फोनिज प्रदेश १ अध्यक्ष अर्जुन जम्मेली राई, सल्लाहकार भक्तशेर लिम्बु र अतिथिहरूमा फोनिज प्रदेश उपाध्यक्ष फिपराज बेघा, कोषाध्यक्ष सुसन राई, नेपाल आदिवासी जनजाति महासंघ मोरङ अध्यक्ष दिलबहादुर थेवे, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य केदार चौहान, प्रेस युनियन नेपाल मोरङ अध्यक्ष भोजराज बस्नेत, प्रेस सेन्टर मोरङ पूर्वी अध्यक्ष सरोज बस्नेत, सञ्चार क्लब नेपाल अध्यक्ष नवराज भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए । 


अधिवेशनमा ३ जना पूर्व अध्यक्ष सम्मानित

फोजिन मोरङले पाँचौँ अधिवेशनको अवसरमा तीन जना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल फानिज १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली राई, फोनिजको दोस्रो अध्यक्ष भक्तशेर लिम्बु र तेस्रो अध्यक्ष उत्तम बान्तवा राईलाई सम्मान गरेका हो । 

उनीहरूलाई संस्थाको अध्यक्ष दिनेश सुब्बा मिभक र प्रमुख अतिथि ताराबहादुर काफ्लेले सम्मान पत्र र खदाले सम्मान गरेको थियो । पत्रकारिताको माध्यमबाट आदिबासी पत्रकार र समुदायमा उच्च योगदान गरेको भन्दै सम्मान पत्रले सम्मान गरेका हुन् ।  अधिवेशन खुल्ला सत्रमा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले देश, प्रदेश र स्थानीय विकास र समृद्धिको लागि कलम चल्नु पर्ने बताए । पत्रकारहरूले नियतबस कलम नचलाएर तथ्यको आधारमा समाचार लेख्न आग्रह गरे । प्रमुख काफ्लेले पालिकामा लिम्बू, धिमाल, राजवंशी, गुरुङ, माझी, राई, तामाङ भाषा विकासको लागि प्रयास गरिरहेको बताए । 

कानेपोखरीमा कालिकोशीबाट २ हजार बिगाहा जग्गा सिँचाई गर्दै आएको, कानेपोखरी लगायतको पर्यटकीय क्षेत्र विकासको प्रयास भइरहेकोले पत्रकारहरूले प्रचार गरेर सहयोग गर्न अनुरोध गरे । उद्घाटन पछि कानेपोखरी पोखरी पर्यटकीय क्षेत्रको सबै पत्रकारहरूले अवलोकन गरेका थिए । अवलोकनको क्रममा ५ नम्बर वडा अध्यक्ष चरन गुरुङले पर्यटक क्षेत्र बारे पत्रकारहरूलाई बताएका थिए ।