सङ्खुवासभा । सेन्चुरी कमर्सियल बैंक लि। शाखा कार्यालय खाँदबारीले माट्स नेपाल सङ्खुवासभाद्वारा सञ्चालित बाल कल्याण गृहका बाल बालिकाहरूको लागि न्यानो ज्याकेट तथा खाट हस्तान्तरण गरेको छ । बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै गृहका बाल बालिकाहरूको लागि दुई वटा खाट र न्यानो ज्याकेट हस्तान्तरण गरेका हो ।
बैङ्कले हरेक वर्ष आफ्नो नाफाको केही अंश यस्ता सामाजिक कार्यमा योगदान दिने गरेको र यही सिलसिलामा बाल गृहका बालबालिकालाई यो सहयोग प्रदान गरेको बैङ्कका शाखा प्रमुख मनोज बनले बताए । सहारा विहीन बालबालिकालाई संरक्षण गरिरहेको माट्स नेपालमा आश्रित बालबालिकाहरूलाई सहयोगले राहत मिलेको छ ।
विभिन्न दातृ व्यक्ति तथा संघसंस्थाको सहयोगबाट नै बाल गृह सञ्चालन भइरहेको बाल कल्याण गृहका संयोजक सरोज श्रेष्ठले बताए । २०६३ सालदेखि सञ्चालित बाल गृहमा हाल ९ जना आश्रित रहेका छन् ।