विजयपुर । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त भएका छन् ।

सोमबार कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी र कलाकार विपिन कार्कीले ब्राण्ड एम्बेस्डर नियुक्तसम्बन्धी सम्झौता गरेका हुन् ।

कलाकार कार्कीले छाड्के, पशुपति प्रसाद, जात्रौ जात्रा, सेल्फी किङलगायतका चलचित्रमा अभिनय गरेका छन् । उनको फिल्मी यात्रा थिएटर कलाकारिताबाट सुरु भएको थियो । उनले लगाव र क्षमताको कदर गर्दै ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

अभिनेता कार्कीसँगको सम्बन्धले कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने कम्पनीले जनाएको छ । सन् २००९ मा सुरु भएको क्लासकिटेकले ७४ वटा जिल्लाको १ सय ३ स्थानमा आउटलेट सञ्चालनमा ल्याएको छ ।