धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुदै गएको पाइएको छ ।  गत बर्षको तुलनामा यो बर्ष करीब दोब्बरको संख्यामा मानब अधिकार उलंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कले देखाएको छ ।

गत बर्ष जिल्लामा ३० वटा मानबअधिकार उलंघनका घटना भएकोमा यस बर्ष २७ वटा मानब अधिकार उलंघनका घटना बढेर ५७ पुगेको हाे ।

इन्सेकले नेपाल मानवअधिकार बर्ष पुस्तक २०२२ का लागी शनिबार धनकुटामा गरेको बार्षिक पूर्व समिक्षा कार्यक्रममा २०७७ पुष देखि हाल सम्म जिल्लामा ५७ वटा मानबअधिकार उलंघनका घटना भएको जानकारी दिइएको हो ।

इन्सेकको तथ्याङ्क अनुसार बिगत एक बर्षको अवधिमा २ जनाको हत्या, १ जना माथी कुटपिट, ३२ महिला माथी घरेलु हिंसा र २२ जना महिला तथा बालिका बलात्कृत भएको इन्सेक प्रतिनिधी ईश्वर थापाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इनिक्स्पेक्टर कासीराम रेग्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मिन सुवेदी, इन्सेकका पूर्व अध्यक्ष निल बहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र बार एसोसियसनका प्रतिनिधी ठगीन कुमार राईलगायतले मानबअधिकारका घटानाको समिक्षा गर्दै यस्ता घटना न्यूनिकरणमा सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैर सरकारी संस्था महासंघ, सशत्र प्रहरी बल छिन्ताङ गुल्म, वन उपभोक्ता महासंघका प्रतिनिधीहरु र स्थानिय पत्रकाहरुको सहभागिता रहेको थियो ।