नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । 

उनले  पूर्व राजालाई इङ्कित गर्दै राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।  

अध्यक्ष  नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एउटा पार्टी  खाेलेरे आउन भन्दै एउटै परिवारको वंशवाद आवश्यक नरहेको बताए । यस अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको  बताउदै अहिले गाउँमा नेता गए जनताले चाेर आए भन्ने गरेकाे भनेपछि  नेपालले यस्तो चेतावनी दिएका हुन् ।