नेपाली काँग्रेसकाे  १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन्। 

उनले संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए। उनले  भने  ‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ, ज्वालामुखीजस्तै विस्फोट हुन्छ। हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस् ।’

महाधिवेशनमा शुभकामना दिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनमा जनताहरूले नेतालाइ तिरूकार गर्न थालिसकेकाे भन्ने अासय उभिव्यक्त गर्दै देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका छन् ।

उनले सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको उनले टिप्पणी गरे ।