नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाली काँग्रेसले  बिपीले थालेको प्रजातान्त्रिक अभियान भुल्दै गएको  बताएका छन् । 

आजबाट शुरू भएको काँग्रेको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा  महासचिव  मैनालीले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुल्नुको परिणाम रहेको बताएका छन् । 

उनले न्यायालयलाई भागबन्डा  दिएर सरकार चलाइरहेको उनको आरोप लगाउँदै आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे  जानकार नरहेका टिप्पणी गरेका थिए । 

सम्बोधनमा उनले देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।